Odapalika - The Fourth Estate - चौथो अंग
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकामा छापा मारेर पालिकाका कागजात नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले गाउँपालिका कार्यालयमा छापा मारेको जनाएको छ । डेढ महिना अघिमात्र यो कार्यालयमा कार्यरत लेखा अधिकृत सुमन पुरीलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिएको थियो । 

अनियमितताको कारण कर्मचारीले काम नगर्न मानेपछि चार वर्षदेखि अलपत्र परेका गाउँपालिका कार्यालय अगाडिको महादेव मन्दिर, वडा नं १ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे भवन लगायत आधा दर्जन बढी योजनाको फाइल अख्तियारले नियन्त्रणमा लिएको छ ।

तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालमा को प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखा अधिकृत पुरीले मिलेमतो गरी रौतहटको आर्यन कन्ट्रक्सनलाई सेटिङमा टेन्डर र कोटेसन मार्फत झन्डै एक दर्जन योजना दिएको अभियोग लाग्दै आएको छ । 

अख्तियारले यी विषयमा छानविन थालेको र आवश्यक कागजात नियन्त्रणमा लिएको बताएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update