Odapalika - The Fourth Estate - चौथो अंग
निलमको नाम एक नम्बरमा राखेर क्याबिनेट छिरे अर्थमन्त्री, को बन्ला त गभर्नर ?  

काठमाडौँ । नेपाल राष्ट्र बैँकका कामु गभर्नर डा.निलम ढुंगानाको नाम १ नम्बरमा सिफारिस गर्ने निर्णय बोकेर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद बैठकस्थल छिरेका छन् । 

प्रधानमनत्री निवास बालुवाटारमा भर्खरै सुरु भएको बैठकबाट गभर्नर नियुक्त गर्ने कार्यसूची छ । 

केहीबेर अघि मात्रै अर्थमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिले एक नम्बरमा कामु गभर्नरसमेत रहेकी बरिष्ठ डेपुटी गभर्नर ढुंगानाको नाम १ नम्मरमा र डा. विश्व पौडेलको नाम २ नम्बरमा राखेर सिफारिस गर्ने निर्णय गरेको थियो । 

सो निर्णय लिएर उनी मन्त्रिपरिषद बैठक छिरेका हुन् । उच्च श्रोतका अनुसार ठुलै राजनीतिक चलखेल नभए मन्त्रिपरिषद बैठकले आज गभर्नर नियुक्त गर्दैछ । 

कांग्रेसले विश्व पौडेललाई गभर्नरका रुपमा अघि सारेको छ भने एमाले र प्रधानमन्त्री स्वयं ढुंगानालाई नियुक्त गर्ने पक्षमा छन् । 

तर राजनीतिक भागवण्डामा गभर्नर कांग्रेस र निर्वाचन आयोगका प्रमुख आयुक्त एमालेको भागमा परेका कारण गभर्नरमा पौडेल नियुक्त हुने चर्चा छ । 

एमाले र कांग्रेसबीचको पछिल्लो भद्र सहमति कार्यान्वयन नहुने अवस्थामा ढुंगाना र कार्यान्वयन भए पौडेल गभर्नर बन्ने निश्चित छ । नेपालमा गभर्नर पदमा महिलाको नाम सिफारिस भएको यो पहिलो पटक हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update