
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइ संसदमा पुगेको संघीय निजामती कर्मचारी सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।
निजामती कर्मचारी युनियनको आह्वानमा कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अघि उभिएर विरोध गरेका छन् ।
विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका हुन् । उनीहरुले बृत्ति विकास, सेवासुविधालगायतका प्रावधानमा असन्तुष्टि रहेको बताएका छन् ।
वृत्ति विकासको स्पष्ट मार्गचित्र नरहेको, सरुवा र बढुवामा स्पष्टता नभएको र हाल खाइपाइ आएो सुविधासमेत कटौतीको प्रस्ताव आएकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।