
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ६ जेठमा स्थानीय तहका कर्मचारीको सरुवा सम्बन्धमा प्रदेशभित्रका स्थानीय तहलाई एउटा पत्राचार गर्यो ।
मन्त्रिपरिषद कार्यालयका वरिष्ठ शाखा अधिकृत सञ्जय ज्ञवालीले हस्ताक्षर गरेर जारी गरेको पत्रमा स्थानीय तहले कर्मचारी सरुवाको सहमति दिदा संघीय स्वीकृत दरबनदी भन्दा फरक दरबन्दीमा दिने गरेको र एउटै रिक्त पदमा एकभन्दा बढी कर्मचारीलाई सहमति दिइएको विषय उठाइएको छ ।
अबदेखि सहमति दिदा यस्तो नगर्न भनिएको सो पत्रको भाषा यस्तो छ–
उपरोक्त विषयमा यस प्रदेश स्थित स्थानीय तहहरुले सरुवा सहमती दिँदा एउटा रिक्त दरबन्दीमा एक भन्दा बढी कर्मचारीलाई सरुवाका लागि सहमती दिएको साथै स्थानीय तहका लागि सङ्घीय स्वीकृत दरबन्दी भन्दा फरक दरबन्दीमा समेत सहमती दिएको देखिएकोले सरुवा भई आउन सहमती दिँदा त्यस्तो कर्मचारी र पदको सेवा, समूह, उपसमूह, तह र पद स्थानीय तहका लागि सङ्घीय स्वीकृति दरबन्दी तर्फको हो होइन एकिन गरी रिक्त रहेको पद र कर्मचारीको सेवा, समूह, उपसमूह, तह र पद मिलेको भए मात्र त्यस्ता कर्मचारीलाई सरुवा भई आउन सहमती दिने र सरुवा भई जान सहमती दिदा आफ्नो स्थानीय तहको काम नरोकिने व्यवस्था मिलाएर मात्र सहमती दिने व्यवस्था हुन यस कार्यालयको मिति २०८२र०२र०५ ९ प्रमुख (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ ।
मन्त्रालयले गति गम्भीर विषयमा गरेको पत्राचार भने अहिले सामाजिक संजालमा हाँसीमजाकको विषय बनेको छ । किनभने, मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको र स्थानीय तहहरुलाई पठाएको पत्रका लेटरहेडमा झिँगो टाँसिएको छ ।
सायद प्रिन्ट कपीमा झिँगो आएर बसेकाे बेला फोटो खिचियो र त्यही फोटोलाई पिडिएफ बनाएका कारण चिठीमा झिँगो देखिएको हुनुपर्छ ।
तर स्थानीय तहका कर्मचारीले भने यति गम्भीर विषयलाई पनि झिँगाको कारण हासँसीमजाक गर्दै सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । उनीहरुले लेखेका छन्–प्रदेश सरकारको माखो (झिँगा) मा स्थानीय सरकारको आँखो ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीले वास्तै नगरी पठाएको एउटा पत्र अहिले गण्डकी प्रदेशभित्रका स्थानीय तहका सबैजसो कर्मचारीले आन्तरिक ग्रुप तथा सामाजिक संजालमा पोष्ट गरिरहेको देखिन्छ ।