
काठमाडाैँ । कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कम्युनिष्ट युवा संगठन नेपालका कार्यकर्ता बताउने समूहले कालोमोसो दलेको छ ।
गत ११ जेठ साँझ कार्यालयबाट घर फर्कनेक्रममा उनीमाथि १०÷१२ जनाको समूहले कालोमोसो दलेको अध्यक्ष चौधरीले बताएका छन् ।
उनीमाथि एउटा अराजक समूहले अनियमितताको अभियोग लगाएर कालोमोसो दलेको हो । अध्यक्ष चौधरीले आफुमाथि दुर्व्यवहार गर्ने समूहलाई कानुनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।
उता चौधरीमाथि भएको दुर्व्यवहारको भजनी नगरपालिका कैलालीका मेयर केवल चौधरीले भत्र्सना गरेका छन् ।
उनले विज्ञप्तिमार्फत अध्यक्ष चौधरीमाथि भएको दुव्र्यवहारको निन्दा गर्दै दोषीमाथि तत्काल कारवाही गर्न प्रशासनसँग माग गरेका छन् ।