Odapalika - The Fourth Estate - चौथो अंग
संसद चल्न नदिने विपक्षी रणनीति, के होला निजामती सेवा विधेयक ? 

काठमाडौँ । आज दिउँसो संघीय संसद अन्तरगतका दुबै सदनको बैठक बस्ने कार्यसूची छ । 

तर भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म र यसबारे सदनमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडानमा प्रमुख प्रतिपक्षी दलहरु छन् । 

प्रतिनिधिसभा बैठकमा भने आज संघीय निजामती सेवा विधेयकसम्बन्धी राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । साथै बजेटमाथिको छलफल पनि छ । 

तर प्रतिपक्षी दलले राजीनामा नआएसम्म बैठक चल्न नदिने भनेका छन् । बैठक चलने भने आज विधेयकको प्रतिवेदन संसदमा पेश हुनसक्ने छैन । 

विधेयकका प्रावधानमा कर्मचारीहरुले आपत्ति जनाउँदै सिंहदरवारमै धर्ना दिइरहेका बेला विपक्षीका कारण ततकाल संसदमा छलफल हुने अवस्था देखिएको छैन । 

सभामुखले विपक्षी दलका प्रमुख र मुख्य सचेतकहरुसँग संसद खुलाउने बारे छलफल गरिरहेका छन् । 

प्रतिपक्षी दल माओवादीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राप्रपाबाहेकका विपक्षी दलसंग संसदमा कसरी प्रस्तुत हुने भनेर छलफल गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update