Odapalika - The Fourth Estate - चौथो अंग
वडाअध्यक्षले बेचे झोलुङे पुल ! अर्का वडाअध्यक्ष पनि खोज्दै प्रहरी 

काठमाडौँ । झोलुंगे पुल कवाडीलाई बेचेको अभियोगमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । 

काभ्रे प्रहरीले उनलाई मानेभञ्ज्याङ भन्ने स्थानमाबाट पक्राउ गरेर सरकारी सम्पत्ति चोरी गरेको  अभियोगमा अदालतबाट अनुमति दिएर अनुसन्धान गर्ने बताएको छ । 

गत असोजमा रोशी खोलामा आएको बाढीले पक्की पुल बगाएपछि सो स्थानमा अस्थायी फलामे पुल हालिएको थियो । वडाअध्यक्षले त्यही पुल कवाडीलाई बेचेको स्थानीयको आरोप छ । 

कवाडीले धमाधम पुल उठाउन थालेपछि सोधखोज गर्दा वडाअध्यषको निर्देशनमा काम भइरहेको पाइएपछि स्थानीयले खबर गरेको प्रहरकिो भनाइ छ । 

प्रहरीहरु सोमवार राति नै पुल भएको क्षेत्रमा पुगेका थिए भने उनीहरुले कवाडी बोक्न प्रयोग भएको गाडी र चालकलाई नियन्त्रणमा लिएका छन् । 

अस्थायी पुलका सामान अहिले काम नलाग्ने अवस्था छन् । गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार सो पुल काम नलाग्ने भए पनि जनप्रतिनिधिले एकलौटी निर्णय गरेर बेचबिखन गर्न सक्दैनन् । 

पक्राउ परेका वडाअध्यक्षले भने छिमेकी नमोवुद्ध गाउँपालिकाका वडा नम्बर ६ का वडाअध्यक्ष समेतको सहमतिमा कवाडीलाई पुल लैजान दिएको बताएका छन् । सो पुलले यी दुइ वडालाई जोड्छ ।

उनको नमोवुद्ध नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष  टीकाबहादुर केसी हुन् । उनलाई पनि यो प्रकरणमा अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको प्रहरकिो भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update