
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यो नेपालका हाइप्राफाइल नेतामाथि लगाइएको पहिलो भ्रष्टाचार मुद्दा हो । मुद्धा दर्ता भएलगत्तै उनले नेतृत्व गरेको पाटृिका नेताहरुले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा आफ्ना नेतामाथि भ्रष्टाचार मुद्धा दर्ता गरिउको भन्दै प्रचार थालेको छ ।
पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो र जरिमाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।
उनीसँगै ९३ जनालाई प्रतिवादी बनाएर मुद्धा दर्ता गरेको अख्तियारले जनाएको छ ।