Odapalika - The Fourth Estate - चौथो अंग
पत्रकार महासंघ ललितपुरद्धारा हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार घोषणा

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।

महासंघ ललितपुर शाखाको शनिवार बसेको बैठकले ५ लाख रुपैयाँको अक्षय कोषसहित पुरस्कारको घोषणा गरेको हो । समाजसेवी सिद्धिबहादुर महर्जनले स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा अक्षयकोष स्थापनाका लागि महासंघ शाखालाई रकम हस्तान्तरण गरेका छन् । 

अक्षयकोष घोषणा एवं हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र महासंघ शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

समाजसेवी महर्जन परिवारले आमजनतालाई सुसूचित गर्ने सञ्चारकर्मी एवं पत्रकारको हकहित र प्रोत्साहनका निम्ति सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताएका छन् ।

कार्यक्रममा अग्रज पत्रकार प्रभुनारायण बस्नेत, महासंघ ललितपुरका पूर्वअध्यक्ष ज्ञानप्रसाद पौडेल, महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकालगायतले पत्रकारको क्ष्मता अभिवृद्धिमा यस्ता पुरसकारले महत्वपूर्ण योगदान दिने बताए । 

अध्यक्ष कार्कीले हीरा–सिद्धि पुरस्कार शाखाको हरेक वार्षिक साधारणसभामा जिल्लामा क्रियाशील दुईजना पत्रकारहरूलाई प्रोत्साहनस्वरुप प्रदान रने जानकारी दिनुभयो । कार्यक्रममा स्व हीराकुमारी महर्जनका छोराहरु प्रेमसिंह महर्जन र सरोज डङ्गोलको पनि उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update