
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा इन्जिनयरका रुपमा कार्यरत एकजना कर्मचारीले ३२ वर्षे जागिर अवधिमा साढे ४ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ ।
अख्तियारले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर रामबाबु महतो कोइरीले २०४६ सालदेखि २०७८ सालसम महानगरमा जागिर खाएको अवधिमा ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८० पैसा भ्रष्टाचार गरी अकुत रुपमा जम्मा गरेको भन्दै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
उनको पुर्ख्यौलीि घरजग्गा, उनकले विभिन्न क्षेत्रमा गरेको भनिएको लगानी, विभिन्न विद्यालयमा गरेको भनेको खर्चलगायतको विश्लेषण गर्दा खर्चको तुलनामा अकुत आय गरेको र त्यस्तो आयको श्रोत पुष्टि गर्न नसकेको अभियोगपत्रमा उल्लेख छ ।
जीवनकालमा उनले कमाएको ७ करोड ९६ लाख ७६ हजार रुपैयाँमध्ये साढे चार करोड रुपैयाँ बरावरको रकमको बैध श्रोत खुल्न नसकेकाले उनीविरुद्ध भ्रष्टाचार अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।