Odapalika - The Fourth Estate - चौथो अंग
सूचना विभागका महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक रहेका परियार अख्तियारले मुद्दा दायर गरेलगत्तै स्वतः निलम्बनमा परेका छन् । 

ढल निकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । परियारले ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको  अख्तियारको आरोपपत्रमा उल्लेख छ । परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्यलगायत प्रतिवादी छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update