
काठमाडौँ । बागलुङका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ४ वटा नगरपालिका र ६ गाउँपालिकालाई नै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार ४४० जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा पुगेको छ ।
गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले बताए ।
ढोरपाटन नगरपालिका पनि पूर्ण खोप घोषणा भएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समुहका ४५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भूमिश्वर शर्माले बताए ।
गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत र वैशाख महिनामा ९ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि घोषणा गरिएको उनको भनाइ छ ।
जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २२६ जना बालबालिकालाई खोप दिएपछि घोषणा गरिएको हो ।
जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १२३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिए ।
बरेङ गाउँपालिकामा १५ महिना उमेर समूहका १३६ जना नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिना उमेर समूहका ५०९ जनालाई खोप दिइएको छ ।
तमानखोला गाउँपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना र १६ देखि २४ महिना उमेर समूहका ११४ जना बालबालिकालाई खोप दिइएको छ ।
काठेखोला गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका २२७ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका २०७ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।
निसीखोला गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४५२ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३७६ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।
बडिगाड गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४४० जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३५५ जना बालबालिकाले पूर्णखोप लगाएका छन् ।
३० जेठमा बागलुङ जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।