Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीको नगरमा लुँडो र क्यारेमबोर्ड निषेध !
एआईको सहयोगमा तयार पारिएको स्केच ।

काठमाडौँ । झापाको दमक नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थलमा क्यारेमबोर्ड र लुँडो खेल्न प्रतिवन्ध लगाएको छ । 

होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै नगरपालिकाले यी खेललाई प्रतिबन्ध लगाएको जनाएको छ । दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको घर भएको स्थानीय तह पनि हो । 

जुवाजन्य रुपमा हारजीतसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा बताउँछन् । 

नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र विकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनुपरेको उनको भनाइ छ । 

क्यारेमबोर्ड र लुँडोलाई कानुनले जाुवाका रुपमा मान्यता दिदैन । तर पनि नगरभित्र यस्ता खे्लका कारण विकृति आएको चरम गुनासो आएपछि नगरपालिकाले प्रतिवन्ध लगाएको भनेको छ । 

छरछिमेक र बालबालिकामा समेत असर गर्नेगरी यस प्रकारका खेल खेल्ने र खेलाउने कार्य नरोकिए कारवाही  गरिने पनि नगरप्रमुख थापाले बताए । 

निर्णय कार्यान्वयनका लागि नगर प्रहरी परिचालन गरिएको छ । क्यारेमबोर्ड र लुँडो प्रतिबन्ध गरेपछि यी खेल पारखीहरुले भने विरोध गरिरहेको जनप्रतिनिधिहरु बताउँछन् । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update