Odapalika - The Fourth Estate - चौथो अंग
पनौतीका मेयरको मनोमानीविरुद्ध जनप्रतिनिधि एक ठाउँ, बजेट अनिश्चित 
फाइल तस्विर

काठमाडौँ । जनप्रतिनिधिहरुबीचको विवादका कारण यो वर्ष पनि पनौती नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रकृया अन्योलमा परेको छ । 

नीति तथा कार्यक्रम र बजेटका लागि बोलाइएको नगरसभामा एमाले निकट जनप्रतिनिधिहरुको बहिष्कारपछि स्थगित भएको छ । 

एमालेबाट निर्वाचित उपप्रमुख गिता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या नपुगेर स्थगित भएको हो । मेयर रामशरण भण्डकारीको कार्यशैलीप्रति असन्तुष्ट एमाले जनप्रतिनिधिहरुको विरोधपछि बैठक बस्न नसकेको हो । 

नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि भण्डारीले बुधबारसम्मका लागि  बैठक स्थगित को घोषणा गरेका हुन् ।

उपप्रमुख गिता बञ्जाराले कार्यपालिकामा भएको सहमतिविपरित ४ करोडभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको प्रतिक्रिया दिइन् ।

६२ सदस्यीय नगर सभामा मेयर, ४ वडाध्यक्षसहित २० जना नेपाली कांग्रेसबाट, १ वडाध्यक्ष र वडा सदस्य एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update