पनौती नगरपालिकाले ६० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत दिने

 

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ६० वर्ष उमेरभन्दा माथिका नागरिकलाई आवश्यक परेमा निःशुल्क कृत्रिम दाँत उपलब्ध गराउने भएको छ ।

चैत १० गतेदेखि सुरु भएर चैत २० सम्ममा नगरपालिकाभित्रका सबै वडामा शिविर संचालन गर्ने र परीक्षण पश्चात आवश्यक भएमा निःशुल्क किृत्रिम दाँत उपलब्ध गराउने तयारी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीले जानकारी दिए ।

नगरपालिकाले बनेपाको सुप्रिम डेन्टलको प्राविधिक सहयोगमा सबै वडामा शिविर नै संचालन गर्न लागेको हो । शिवरमा निःशुल्क रुपमा मुख र दाँतको परीक्षण समेत गरिने नगरपालिकाले जानकारी दिएको छ ।
panauti-dental-1773988320.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update