
काठमाडौँ । आर्थिक वर्षको अन्त्यमा स्थानीय तहहरुमा जनप्रतिनिधिर कर्मचारीबीचमा बजेट सक्न र हिसाव मिलानका लागि हुनेगरेको हतारो त सबैले देखेकै छन् ।
तर ओखलढुंगोको मेलुङ गाउापाकिलामा भने गत २५ असारमा अलि फरक दृष्य देखियो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका कामदारहरूले पारिश्रमिक नपाएको भन्दै वडाअध्यक्ष ले नै गाउँपालिको कार्यालयमा ताला गलाए ।
उनले फेसवुकमा लाइभ गरेर गाउँपालिकाका अध्यष कार्यालय नभएको बेला सबै कर्मचारीलाई बाहिर निकालेर ताला लगाइदिए ।
फेसबुक लाइभमा देखिएको दृष्य र बोलिएको सम्बाद अनुसार वडाअध्यक्ष गाउँपालिका अध्यक्ष र कर्मचारीसँग रुष्ट छन् ।
उनले काम गरेको पैसा नदिएको भन्दै सबै कर्मचारीलाई एक एक गर्दै कार्यालय बाहिर पठाउँछन् । यस क्रममा आफुले चिया खुवाउने आश्वासन पनि दिन्छन् ।
त्यो दिनको घटना यतिमै सकिन्छ । तर भर्खरै कांग्रेसको स्थानीय समितिले जारी गरेको घटनाले भने वडाअध्यक्षको ताला लगाउने कार्य असल नियतका साथ थिएन भन्ने देखिएको छ । वडाअध्यक्षले २४ असारको दिउँसो लगाएको ताला राति आफैँले खोलेको र आर्थिक तथा प्रशासनिक कार्य गरिएको छ । उसले यो घटनाप्रति आपत्ति जनाएको छ ।
नेपाली काँग्रेस मोलुङ गाउँपालिका कार्यसमितिका सचिव पदम तामाङ (मिलन) द्वारा जारी विज्ञप्तिमा असार २४ गते गाउँ कार्यपालिकाको कार्यालय प्राप्चामा भएको घटनाको सत्यतथ्य छानबिन गरी विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका कामदार नागरिकहरुले पारिश्रमिक रकम भुक्तानी नपाएको भन्दै सामाजिक सञ्जाल फेसबुक पेज मार्फत लाइभ प्रसारण गर्दै जनप्रतिनिधि वडाध्यक्षहरुबाट गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको घटना हामी सबै सामु सार्वजनिक भएकै हो । जब रात पर्यो फेरि तिनै जनप्रतिनिधि वडाध्यक्षहरुको मिलेमतोमा ताला खोली रातभर आर्थिक तथा प्रशासनिक कार्य गरी आर्थिक अपचलनको कार्य गरिएको हुँदा यस घटनाप्रति नेपाली काँग्रेस मोलुङ गाउँपालिका कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाली काँग्रेसले तालाबन्दी गर्दा जनप्रतिनिधिहरूले सुशासनको धज्जी उडाउने काम गरेको आरोप लगाइको छ । श्रमिकले पारिश्रमिक नपाएकोले आफूहरुले विद्रोह गरेको भन्ने सन्देश प्रवाह गरी नागरिकसामु भ्रम फैलाएर रातारात उनीहरुकै संलग्नतामा आर्थिक अपचलन गरी निजी स्वार्थ पुरा गरेको कांग्रेसको आरोप छ ।