Odapalika - The Fourth Estate - चौथो अंग
२५ अर्बको बजेट ल्याउँदै काठमाडौँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज बजेट सार्वजनिक गर्दैछ । १० असारमै ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि आन्तरिक विवादका कारण महानगरको बजेट आजमात्र आउन लागेको हो । 

आजै बिहान बसेको कार्यपालिका बैठकले बजेट नगर सभामा पेस गर्न निर्णय गरेको छ । आज २ बजे बस्ने नगर सभाको बैठकमा नीति कार्यक्रम र बजेट एकसाथ प्रस्तुत हुनेछन् । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह र बजेट उपप्रमुख सुनिता डंगोेलले प्रस्तुत गर्नेछिन् । महानगरले बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ निर्धारण गरेको छ । 

आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update