Odapalika - The Fourth Estate - चौथो अंग
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी, यस्ता छन् विशेषता

काठमाडाैँ । एसपीजी अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे-५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई-५ र जेइको जे-६ ईभी लाइनअपसँगै नयाँ जेइको जे-५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ ।

एड्भेन्चर्स यात्राका लागि बनाइएको जेइको जे-५ एसयूभी, आरामदायी विशेषताहरूसँगै अलरोड रेडी देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे-५ को सार्प-एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य छ ।

यसका साथै लेभल २ एडास ९एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम०, श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०(डिग्री सराउन्ड भ्यु क्यामरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश छन्, जसले यसलाई शहरी यात्रा तथा हल्का अफ(रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउने कम्पनीको दाबी छ ।

जे(५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित छ । यसमा कनेक्टेड कार टेक्नोलोजीसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६ कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश छन् ।

जेइको जे(फाइभको लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटरको छ भने यसमा १८ इन्चको अग्लो एलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।

जेइको जे-५ ले चालक-यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे-५ मा लेभल २ एडासका विशेषताहरू समावेश छन्, जसअन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसीडब्लू), ब्लाइन्ड स्पट मनिटरिङ (बीएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सी ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् ।

नाइमा २०२५ मा ‘जेइको जे(५’ सार्वजनिक गर्दै जेइकोले नेपालको ईभी बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ । पर्फमेन्स, प्रविधि, र लक्जरीको साथ आउटडोर एडभेन्चरका लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे-५ ले, नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयूभीको रूपमा आफ्नो परिचय स्थापित गर्ने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update