Odapalika - The Fourth Estate - चौथो अंग
डिसहोमले ल्यायो नयाँ योजना: हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट

काठमाडौँ । डिसहोमले आफ्ना ग्राहकहरूका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ुडिसहोम खुसीको बोनसु नामको योजना सार्वजनिक गरेको हो ।

डिसहोमले आफ्ना भाग्यशाली इन्टरनेट ग्राहकहरूका लागि ३६५ दिन नै बोनस दिने योजना सार्वजनिक गरेको हो । यो अफरअन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुने र त्यसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार विजेतामध्ये १० जना नयाँ वार्षिक इन्टरनेट जडान गर्ने ग्राहक र चार जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् ।

डिसहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको हो । विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिसहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ । शुक्रबार नभए आइतबार साँझ ५ बजे गरिनेछ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update