Odapalika - The Fourth Estate - चौथो अंग
आयोन ईभी खरिदमा ८ लाख रुपैयाँसम्म छुट अफर

काठमाडौँ । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटी थप सुलभ बनाउने उद्देश्यले आयोनले ‘द एक्स्ट्रा अर्डिनरी अफर’ नामक विशेष प्रमोसनल अफर सार्वजनिक गरेको छ।

सीमित अवधिका लागि लागु हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फ आयोनको दृष्टिकोणलाई सुदृढ गर्नु रहेको कम्पनीको भनाइ छ । मूल्य छुटका अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन् ।

अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न र ७ वर्षसम्मको ऋण अवधि पाउनेछन् । साथै, प्रत्येक खरिदमा ६।६ किलोवाटको होम चार्जर र ३।३ किलोवाटको ट्राभल चार्जर तथा एक वर्षको सवारी कर र बीमा उपलब्ध हुनेछ ।

त्यसैगरी आकर्षक एक्स्चेन्ज बोनस र ब्ल्याक एन्ड डेक्कर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update