
काठमाडौँ । ईभी ब्रान्ड दिपलको लोकप्रिय एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीए नेपालमा सार्वजनिक गरेको छ ।
ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले उक्त मोडेलको सवारी सार्वजनिक गरेको हो ।
दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । नेपालको सबैभन्दा सुन्दर ईभीका रूपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिङ कलर नेबुला ब्लुमा पनि उपलब्ध हुने बताइएको छ ।
यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ४१० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिनेछ ।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर ईभी हो । नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।’
पहिलेभन्दा स्मार्ट
नयाँ दिपल एपमा ग्राहकलाई कारसँग बिना रोकटोक अन्तर्क्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर पनि कारलाई कन्ट्रोल गर्न सकिन्छ ।
कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिन्छ । साथै, यसमा ४जी ५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा छ ।
लक्जरी र प्रविधिको नयाँ उचाइ
दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिङ सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य ईभीमा नभएका इन्डस्ट्री फस्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।
यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ ।
५ वर्षको शून्य खर्च अफर
दिपल एस०७ आईसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम जेरो ओनरशिप कस्ट फर फाइभ इयर सार्वजनिक गरेको छ ।
यो स्किममा ग्राहकले दिपल ईभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन । दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टिनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउन सक्नेछन् ।
यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी ईभी दिपल एस०७ सहजैसँग खरिद गर्न सक्नेछन् ।
नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।