
काठमाडौँ । नाइमा एक्स्पो २०२५ मा टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक गरेको हो ।
यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहु प्रयोगी प्रदर्शन र आधुनिक राइडर(केन्द्रित सुविधाका कारण मोटरसाइकलप्रेमीहरूको ध्यान तानेको कम्पनीको भनाइ छ ।
हल बीको स्टल एल३एमा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ र बहुप्रदर्शन क्षमताको संयोजन गर्दै शहरभित्रको दैनिक यात्रादेखि एड्भेन्चर यात्रा दुवैमा उपयुक्त बनाएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यस मोटरसाइकलको मुटुमा रहेको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट रेस्पोन्स दिन्छ । अर्बन र रेन राइडिङ मोडबीच सहज रूपमा स्विच गर्न मिल्ने यस मोटरसाइकलले विभिन्न सडक र मौसम अवस्थामै पनि विश्वस्त नियन्त्रण दिन्छ ।
यस्ता छन् प्रिमियम विशेषताहरू
मोटरसाइकलमा ब्लुटुथ जडान गरिएको छ, जसको कारण स्मार्टफोनसँग सजिलै जोडिने र नेभिगेसन सहायता प्राप्त हुन्छ । डुअल(च्यानल एबीएस मोडहरू राखिएको छ जसका कारण ब्रेकिङमा थप सुरक्षा हुन्छ । अपसाइड डाउन ९यूएसडी० फ्रन्ट फोर्क समावेश छ, जसका कारण राम्रो ह्यान्डलिङ र स्थिरता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
यस्तै, एड्जस्टेबल लिभरहरू छन् जसको कारण चालकको सुविधाअनुसार मिलाउन सकिने सुविधा प्राप्त हुन्छ । विशेष राइडिङ मोडहरू पनि उपलब्ध छन् जसको कारण अर्बन र रेन फरक अवस्थाका लागि अनुकूल हुन्छ ।
रङमै फरक पहिचान
रोनिन २२५ को मिडनाइट ब्लु रङले यसलाई थप आकर्षक बनाएको छ । स्टाइल र पर्फर्मेन्सलाई बराबरी महत्त्व दिने राइडरहरूका लागि यो एकदमै उपयुक्त मोटरसाइकल बन्न सक्छ ।
प्रारम्भिक मूल्य र बिक्रेता प्रतिबद्धता
४ लाख ५९ हजार ९ सयको प्रारम्भिक मूल्यमा उपलब्ध, यो नयाँ संस्करणले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल प्रदान गर्ने जगदम्बा मोटर्सको जानकारी दिएको छ । कम्पनीको बलियो डिलर सञ्जाल, उत्कृष्ट बिक्रीपछिको सेवा र ग्राहक(मैत्री नीतिले यसलाई अझ भरोसायोग्य बनाएको छ ।
डिजाइन, प्रविधि र मूल्यको सन्तुलनले सुसज्जित टीभीएस रोनिन २२५, २०२५ संस्करणले अबको प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरेको कम्पनीको दाबी छ ।