तातोपानी गाउँपालिकाले भन्यो भदौ १५ गतेदेखि स्याउ टिप्नू 

जुम्ला - तातोपानी गाउँपालिकाले यस वर्षको स्याउ टिप्ने तथा बिक्री–वितरणसम्बन्धी सूचना जारी गरेको छ। जिल्ला कृषि विकास कार्यालय, जुम्लाले २०८२ भदौ १५ गतेदेखि स्याउ टिप्ने र वितरण गर्ने निर्णय गरेपछि जिल्ला समन्वय समितिको २०८२ भदौ २ गतेको बैठकले स्याउ वितरण खुला गर्ने निर्णय गरेको हो।

पत्रअनुसार तातोपानी गाउँपालिकाको कृषि विकास शाखामा दर्ता भई सिफारिस प्राप्त गरेका किसान तथा व्यापारीले मात्र स्याउ बिक्री–वितरण गर्न पाउने व्यवस्था गरिएको छ। अन्य पालिकाबाट ल्याएर गरिएको वितरण अमान्य हुने उल्लेख छ।

गाउँपालिकाले किसान, व्यापारी तथा सरोकारवालालाई निर्धारित प्रक्रिया अनुसार मात्रै स्याउ वितरण गर्न आग्रह गरेको छ। साथै, विपरित कार्यमा संलग्न भए कारबाही हुने चेतावनी दिइएको छ।

534988384_1465543478105866_8448947158698962232_n-1755656329.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update