Odapalika - The Fourth Estate - चौथो अंग
तिलाठी कोइलाडी गाउँपालिकामा धान गोड्ने क्रममा वृद्धाको मृत्यु

काठमाडौँ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु भएको छ। गाउँपालिका- ६ स्थित बभनगाकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो।

बिहीबार बिहान साढे ९ बजेतिर आफ्नै खेतबारीमा धान गोड्दै गर्दा अचानक लडेर बेहोश भएपछि उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको थियो। चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनको शव  पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update