Odapalika - The Fourth Estate - चौथो अंग
राज्य व्यवस्था समितिको सभापति छान्दै कांग्रेस, रुपन्देही–३ को उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रृेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको अनौपचारिक बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक बिहान १० बजेपछि सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।

कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।

पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । यस्तै, कांग्रेस नेताहरुको आजको बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनबारे पनि छलफल हुने छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update