
काठमाडौं । बागलुङमा कालीगण्डकी अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३, कालाखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शनिबार (भदौ १४) राति करिब ९ बजेर ४ मिनेटमा उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कर्णाली राजमार्ग अवरुद्ध
कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुभकालिका गाउँपालिका–१, गगने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शनिबार राति करिब ९ बजेर २० मिनेटमा उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगा खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२ ०७:१४
प्रतिक्रिया दिनुहोस्