
खान्चोक । भीमसेन थापा गाँउपालिकामा बाख्रापालन तालिम सुरु भएको छ । स्वाँरा सघन गाँउविकास केन्द्र गोरखाले एफएओसँगको साझेदारी तथा भीमसेन थापागाँउपालिकाको समन्वयमा तालिम संचालन भैरहेको हो ।
खाद्य सुरक्षा कार्यक्रम अन्तरगत भीमसेन थापा गाँउपालिका वडा नं ४ धावामा बाख्रा पालक किसानहरुलाइ तालिम दिएको स्वाँरा सघन गाँउविकास केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले बताए । तालिममा पशु सेवा शाखा प्रमुख डा. वलराम राज राजभण्डारी र स्वाँरा सघन गाँउविकास केन्द्रका प्राविधिक मनोज पोखरेलले सहजीकरण गरेका थिए ।
उनीहरुले बाख्रा पालन प्रविधी, खोरको व्यावस्थापन, घाँस तथा दानाको उचित व्यावस्थापन, प्रजननको व्याड वोका व्यावस्थापन र वाख्रामा लाग्ने रोग व्यावस्थापन, पशुविमा र सरकारले किसानलाइ प्रदान गर्ने सेवा सुविधाको बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो ।
वडा नं ४ को वडा अध्यक्ष धनबहादुर तामाङ्गको अध्यक्षतामा तालिमको सुभारम्भ गरिएको हो । गोरखाको भीमसेन थापा गाँउपालिका र धादिङ्गको ज्वालामुखी गाँउपालिकामा संचालन भइरहेको उक्त कार्यक्रम अन्तरगत किसान समुहलाइ पशुपालन, व्यावसायिक कृषि उत्पादन, दिगो तथा जलवायु मैत्री कृषी, खाद्यसुरक्षा तथा खाद्यअधिकार, रैथाने खाद्यवालीका संरक्षण तथा प्रवर्धन, गलत खानपान व्यावहार सुधार गरी स्वास्थ आहार बिहारको बारेमा जनचेतना अभीवृद्धि गराईरहेको केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।