Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने

काठमाडौं । दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए ।

“हाम्रो अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ,” उनले भने, “त्यहाँ एउटा कोड नम्बर आउँछ । त्यही नम्बर लिएर आएर हिसाब मिलान गरेर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिनेछ ।” 

च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ । खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ । 

अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा ल्याउने उनले जानकारी दिए । 

अहिले नै मूल्य भने तय नहुने पौडेलले बताए । “तर, मूल्यमा अघिल्लो वर्षभन्दा धेरै फरक पर्दैन,” उनले भने ।

एकजाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सकिनेछ । आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख गर्नुपर्ने पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update