Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला न्यायाधीशका लागि ६ जना सिफारिस

काठमाडौँ : न्यायपरिषद्ले ६ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा मंगलबार बसेको न्यायपरिषद्को बैठकले ६ जिल्ला न्यायाधीशको सिफारिस गरेको हो।

जसअनुसार जिल्ला सरकारी वकिल कार्यालयबाट गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेल्धुरा जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।

यसैगरी स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, सर्वोच्चकी उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको हो।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update