
काठमाडौं । जेनजी पुस्ताले गर्ने पदर्शनलाई लिएर काठमाडौंमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । माइतीघर मण्डलमा जेनजी पुस्ताले आज दिउँसो प्रदर्शन गर्दै छ ।
“आजको प्रदर्शनलाई लिएर हामीले उच्च सतर्कता अपनाएका छौँ । काठमाडौंमा दरबन्दी भएका प्रहरीबाहेक आवश्यक पर्दा अन्य गणका प्रहरी पनि तत्काल परिचालित हुने व्यवस्था मिलाएका छौँ” काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले भने । काठमाडौंमा करिब साढे चार हजार प्रहरी दरबन्दी छ ।
सुरक्षा रणनीति तय गर्न आइबार सुरक्षा समितिको बैठक बसेको थियो ।
जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्दै छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो ।
तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोहको तयारीमा जेनजी लागेका हुन् ।