Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी प्रदर्शन : हिंसात्मक घटनाको छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : जेनजी पुस्ताले सोमवार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ।

आजको प्रदर्शनमा देशभर गरेर १९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update