Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा

काठमाडौँ। भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु क्याम्पस कमिटीले सामूहिक राजीनामा दिँदै कमिटी विघटन गर्ने घोषणा गरेको छ।

सोमबार जारी सूचना समितिले सरकारले जेनजी आन्दोलनका क्रममा अपनाएको दमनकारी भूमिकाप्रति गहिरो आपत्ति जनाउँदै यस्तो निर्णय गरिएको जनाएको हो । 

जारी सूचनामा भनिएको छ, “जेनजी पुस्ताका विद्यार्थी तथा युवामाथि भएको निर्मम दमन निन्दनीय छ। १९ जना युवाले ज्यान गुमाउनु परेको र सयौँ घाइते भएका घटनाले आमाबाबुको सपना, युवाको वर्तमान र मुलुकको भविष्य ढालेको छ।”

 कमिटीले विगतमा विद्यार्थी हकहितका लागि कलेज स्तरदेखि केन्द्र स्तरसम्म नेतृत्व र सक्रियता जनाएको स्मरण गर्दै शैक्षिक मुद्दामा भने निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update