
काठमाडौँ : जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम मंगलबार बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि ललितपुरका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो।
ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।
वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।