Odapalika - The Fourth Estate - चौथो अंग
लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह

काठमाडौं । आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । 

आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायातबाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका हुन् । 

लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने, अराजक गतिविधि देखिएमा नेपाली सेनाको हटलाइन ९८६३०२९०२९ को ह्वाट्सएप तथा भाइबरमा मेसेज पठाउन नेपाली सेनाले आग्रह गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update