Odapalika - The Fourth Estate - चौथो अंग
बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । 

अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका  ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ ।

बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको नेपाली सेनाले जनाएको छ । 

निषेधाज्ञा तथा कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् सेनाले विज्ञप्तिमार्फत जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update