Odapalika - The Fourth Estate - चौथो अंग
आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

काठमाडौँ ।   गायक राजेश पायल राईले जेनजी प्रतिनिधिसँग आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन आग्रह गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला गायक राईले अबेर राति फेसबुकमार्फत सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन भनेका हुन्।

फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन।’

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update