
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बसेको बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको हो । बैठकमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।
बैठकलाई सभापति देउवाले सम्बोधन गरेका छन् । १३ पेज लामो लिखित सम्बोधनका क्रममा सभापति देउवाले भदौ २४ गतेको घटना नेपालको इतिहासमै डरलाग्दो दिनको रुपमा लिपिबद्ध हुने बताए ।
यस्तै, उनले नेतृत्व हस्तान्तरणको लागि आफू तयार भएको पनि बताए । महामन्त्री गगन थापा लगायतले पार्टीैको विशेष महाधिवेशन गरेर सभापति देउवालाई हटाउन प्रयास गरिरहेको समयमा देउवाले आफू स्वभाविक प्रक्रियाबाटै हट्न लागेको पनि बताएका हुन् ।
यस्तै, प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको सन्दर्भमा पनि सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको वातावरण सरकारले बनाउनु पर्ने बताए । देशलाई फेरि संवैधानिक बाटोमा फर्काेउले विकल्प नै निर्वाचन रहेको सभापति देउवाको भनाइ छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा भौतिक आक्रमणमा परेका देउवालाई नेपाली सेनाले सुरक्षा दिदै उपचार गरेको छ । सो दिनपछि सभापति देउवा र उनकी श्रीमती डा. आरजु देउवा राणा पहिलो पटक सार्वजनिक भएका हुन् ।
यस्ताे छ देउवाकाे मन्तव्य