राजनीतिक दलसँग वार्तामा बस्दै प्रम कार्की‚ मंगलवारलाई बोलाइन् बैठक
काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संवादको थालनी गर्ने भएकी छन् । उनले संवादका लागि सात राजनीतिक दललाई पत्र लेखेर वार्तामा बोलाएकी हुन् ।
बालुवाटार स्रोतका अनुसार अन्तरिम सरकार प्रमुख कार्कीले मङ्गलवार अर्थात् कात्तिक ४ गते दिउँसो ४ बजेका लागि दलहरूलाई संवादमा आउन भनेकी हुन्। उनले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलबाट २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२ २१:४१
प्रतिक्रिया दिनुहोस्





