प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएकी हुन् ।
उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ ०८:१५
प्रतिक्रिया दिनुहोस्





