Odapalika - The Fourth Estate - चौथो अंग
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर - जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्नेहरूलाई पक्राउ गरेको छ ।

परिसरले जुवा खालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित पक्राउ गरेको हो । खालबाट २७ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update