Odapalika - The Fourth Estate - चौथो अंग
राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् । 

आज (बुधबार) अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुन लागेको यो पहिलोपल्ट हो । राजनीतिक दल र जेनजी प्रतिनिधिहरू पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन् । फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update