काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा ज्यान गुमाएका ४५ जनालाई सरकारले शहिद घोष्णा गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।
सो प्रदर्शनका क्रममा ७२ जनाले ज्यान गुमाएका प्रहरीको भनाइ छ । सो प्रदर्शनका कारण देशको प्रमुख प्रकासनिक केन्द्र सिंहदबारसहित, सर्वाेच्च अदालत, संसद भवन, मन्त्री क्वाटर लगायत देशभरमा ठूलो संख्यामा सरकारी, सार्वजनिक र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी भएको थियो ।
यस्ताे छ शहिद घाेषणा भएका व्यक्तिहरूकाे नामावली
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १७:४५
प्रतिक्रिया दिनुहोस्






