Odapalika - The Fourth Estate - चौथो अंग
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं - मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम अर्जुन शाहले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाहले १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन माग गरेको हुन । 

त्यस्तै,अर्का रक्कीप्रसाद साह र सुजित यादवले पनि मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । यो सँगै मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा दुई वटा रिट दायर गरिएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update