कञ्चनपुरको दैजीमा बेवारिसे शव फेला

कञ्चनपुर - कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र आज दिउँसो एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नामथर र वतन नखुलेको करिब ३० वर्षको पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

स्थानीय बासिन्दाले होम पाइपबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शव बरामद गरी परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएको थियो । प्रहरीका अनुसार शवको पहिचान अहिलेसम्म हुन सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update