बेलायत र अस्ट्रेलिया पठाइदिन्छौँ भन्दै ३६ लाख ५० हजार असुली

काठमाडौँ- वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का २२ वर्षीय मेघराज सुनार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेकामध्ये चौधरीले बेलायत पठाइदिने भन्दै रु आठ लाख ५० हजार र सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै रु २८ लाख असुलेर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो। 

दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए।  

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update