Odapalika - The Fourth Estate - चौथो अंग
नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन नपाइने

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित  नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नारायणगढ–बुटवल सडक आयोजनाले सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्र गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको छ ।

आयोजनाका अनुसार शुक्रबार र शनिबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न पाइने छैन । आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update