Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीका सचिवालयका १४ जनाको जागिर गयो, अब ६ जनामात्रै बाँकी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन् । जेनजी युवाहरूको मागअनुसार सचिवालय कटौती गरिएको जनाइएको छ ।

हाल २० जना रहेकोमा अब ६ सदस्यीय मात्र बनाउने गरी कटौतीको निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

अब प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् । ६ जनाबाहेक बाँकी सबै पदको नियुक्ति मंसिर ११ गतेदेखि लागु हुनेगरी खारेज गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update