Odapalika - The Fourth Estate - चौथो अंग
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् । 

बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update