Odapalika - The Fourth Estate - चौथो अंग
आज कसको भाग्य कस्तो, हेर्नुहोस् राशिफल 

आज आइतबार, २१ मंसिर २०८२ (७ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल–

मेष: रमणीय र सुखद यात्राको योग देखिन्छ। कार्यसम्पादनमा सहजता र लाभ मिल्नेछ। आफ्नो दक्षता र प्रस्तुतिले अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ सेतो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। साथी–भाइ तथा आफन्तबाट हौसला र सहयोग प्राप्त हुनेछ। काम गर्ने उत्साह बढ्ने समय छ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शिवको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र मित्रबाट विशेष सहयोग प्राप्त हुनेछ। सेयर बजारमा लाभदायी कारोबार हुने सम्भावना छ। राम्रो काम देखाएर अरूको मन जित्न सकिनेछ।

भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: आज मन केही खिन्न हुने र महत्त्वपूर्ण काममा व्यवधान आउने सम्भावना छ। घर–व्यवहारका समस्याले दबाब बढाउन सक्छ। आर्थिक तनाव महसुस भए पनि साँझतिर मन हलुका हुनेछ। विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खाना दिने। झुट नबोल्ने।

सिंह: रमणीय, सुखद र धार्मिक यात्राको योग छ। दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ। मनमा उमंग, हर्ष र उत्साह बढ्नेछ। महिला वर्गको सहयोग भेटिन सक्छ। छोटो दूरीको यात्रा लाभदायक रहनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ४९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नखाने।

कन्या: विद्या र बुद्धिको विकास हुने दिन। अरूलाई प्रभावित पारेर काम अगाडि बढाउन सकिनेछ। चिताएको काममा तीव्रता आउनेछ। चलाखीपूर्ण बोलीले कठिन काम पनि बन्न सक्छ। प्रेम जीवन सकारात्मक छ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। लामो यात्रा नगर्ने।

तुला: जीवनसाथीको सल्लाहले सफलता प्राप्त हुनेछ। लगनशीलताको कमीले ठूलो उपलब्धिबाट वञ्चित हुन सकिए पनि राजनीतिक तथा सामाजिक क्षेत्रमा राम्रो परिणाम आउनेछ। मनमा उत्साह छाउनेछ।

भाग्यशाली रङ रातो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानको स्मरण गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक: शंका र डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ। शत्रुको गतिविधिले आत्मबल कम हुन सक्छ। विद्यार्थीको पढाइमा ध्यान घट्न सक्छ।

भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु: अध्ययन–अध्यापनमा प्रगतिको समाचार सुन्न सकिनेछ। साथीभाइको भेटघाटले मन प्रसन्न हुनेछ। रोजगारको अवसर मिल्नेछ। प्रतिष्ठा र सम्मान कमाउने समय। उमंग र जोश बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर: मन अध्यात्म–दर्शनतर्फ आकर्षित हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्य सफल हुनेछ। सद्विचारले प्रेरित भएको कामबाट लाभ हुनेछ। वैदेशिक कार्य पनि प्रगति गर्नेछ।

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: पारिवारिक जमघटमा मन रमाउने समय। नयाँ कार्यको योजना बन्नेछ। नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। अनुहारमा चमक आउनेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तरतर्फ नजाने।

मीन: घर–व्यवहारमा झमेला आउन सक्छ। साझेदारीको काममा अलमल देखिन्छ। खोजेका काममा बाधा आइलाग्न सक्छ। तर शेयर बजारको क्षेत्रमा राम्रो नतिजा आउनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update