Odapalika - The Fourth Estate - चौथो अंग
मधेशको मन्त्रिपरिषद्मा थपिए ६ मन्त्री 

काठमाडौं- मधेश प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । 

मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले बुधबार थप ६ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो। बुधबार जनकपुरधामस्थित मधेश भवनमा ६ जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेश प्रदेश सरकारको प्रशासनिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ ।     
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update